शुक्रबार देखि साढे ३२ लाख कित्ता आईपीओ आउदै

काठमाडौँ– ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आगामी शुक्रबार (माघ २३ ) गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
आगामी २३ गतेदेखि २७ गतेसम्म शेयरका लागि आवेदन दिन सकिने छ । शेयर बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ ।
२ अर्ब ५० करोड अधिकृत पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी यस निष्कासनपश्चात् १ अर्ब ८० करोड पुग्नेछ ।