आईपिओ निष्काशन गर्दै वाई वाई कम्पनी

काठमाडौं – जि ग्रुप द्धवारा संञ्चालीत वाई वाई कम्पनिले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनिले नेपाल–भारतमा दुवै देशमा आईपिओ निष्काशन गर्न लागेको हो ।

सि जि ग्रुपका मालिक बिनोद चौधरीको भारतमा संञ्चालन गरिरहेको फुड बिजनेशको सिजी फुड्स इन्डियाको आईपिओ आउने भएको हो । चौधरीले आईपिओ निष्काशनको लागि तयारी गरेको भारतीय अनलाईन फर्च्युन इण्डियासँगको अन्तर्वार्तामा बताएका हुन् ।

उक्त कम्पनीले ब्यबसाय विस्तारको लागि १ सय करोड भारतीय रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीले छिट्टै नै प्याक गरिएको सस् बजारमा ल्याउने जनाएका छ । चौधरीका अनुसार फेब्रुअरी भित्रमा सस् बजारमा आईसक्ने बताएका छन् । त्यस्तै उनले पास्ता र बिस्कुट उत्पादन पनि थाल्ने उल्लेख गरेका छन् ।

सन् २०२० मै आईपिओ निष्काशन गर्ने तयारी गरेका चौधरीले कोभिडको कारण केहि पर धकेलिएकोले सन् २०२१ मा आईपिओ निष्काशन गर्ने बताएका हुन् । प्रेस ट्रस्ट अफ इण्डियासँगको कुराकानीमा चौधरीले सन् २०२० मै आईपिओ निष्काशन गरिने जनाएका थिए।

सिजी फुड इण्डियाको वार्षिक कारोबार १ हजार करोड रहेको छ । चौधरीका अनुसार सन् २०२० मा वाई वाई बिक्रिको बिक्रि ५० पतिशतले बढेको छ ।

भारतमा आईपिओ निष्काशनको तयारी गरेपनि नेपालमा भने उनले त्यस्तो योजनाबारे केहि बताएका छैनन् ।