सेयर बजारमा ५५ अंकको पहिरो, किन घट्यो बजार ?

काठमाडौं– आइतबार सेयर बजारमा करिब ५५ अंकको पहिरो गएको छ। नेप्से सूचक गत साताको अन्तिम कारोबार दिन बिहीबारको भन्दा ५४.७५ अंकले घटेर २३७० विन्दुमा ओर्लिएको छ।

प्रि(ओपन सेसनमा एक अंकभन्दा कमको वृद्धिसहित हरियो भएको सेयर बजार सामान्य कारोबार सेसनमा भने लगातार तलमाथि भइरहेपनि कुनैपनि समय हरियो हुन सकेन।

घट्ने क्रममा भने आइतबार रिलायन्स फाइनान्सको सेयर मूल्य अधिकतम ८ प्रतिशतले घट्दा गुर्खाज्, गुडविल र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य ७र७ प्रतिशतले घटेको छ।

किन घट्यो बजार ?
लगातार उकालो लागेको बजारमा करेक्शन आउने बहाना चाहिएको थियो । त्यो बाहना गत बिहीबार सार्वजनिक बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण बन्यो । प्रकाशित हुन बाँकी अधिकांश बैंक तथा वित्तीय संस्थाको विवरण बिहीबार प्रकाशित भएको थियो । जसअनुसार प्रायः कम्पनीको वितरणयोग्य नाफा घटेको छ । त्यसयताको पहिलो कारोबार दिनमै नेप्सेमा झन्डै ५५ अंकको करेक्शन आएको हो ।