फेरी घट्यो सुनको मूल्य

काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य प्रति तोला रु १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी गराएको हो ।
हिजो (बुधवार) सुनको मुल्य प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भएकोमा आज रु १ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य ९२ हजार र तेजावी सुनको मुल्य प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएको हो ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ४५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।