कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने भएको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले असोज पहिलो सातादेखि परिक्षा गर्ने तयारी गरेको छ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरी योजना बनाइएको छ । ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।’ सदस्य सचिव अर्यालले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ । सरकारले कक्षा ११ को परिक्षा स्कुल आफैलाई लिन यसअघि निर्देशन दिइसकेको छ ।