१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ७ वर्ष सम्मको लागि विकास ऋणपत्र २०८४ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जानकारी गराएको छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

इच्छुक आवेदकले राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । यस ऋणपत्र धितो राखी कर्जा दिन पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मंगलवार अपरान्ह २ बजेसम्म ऋणपत्रको बोलकबोल हुनेछ । माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ माघ १४ गते भुक्तानी हुनेछ । इच्छुक आवेदकहरु प्रतिष्पर्धी र अप्रतिष्पर्धी रुपमा सहभागि हुन सक्नेछन् ।

प्रतिष्पर्धी आवेदकलाई निष्कासन रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५ करोड र अप्रतिष्पर्धीका लागि १ अर्ब ५ करोड छुट्याएको छ ।