फेरी घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ। आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा झरेको छ। आइतबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। दुई दिनयता चाँदीको मूल्यमा घटबड भएको छैन। आज पनि प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।