राइटपाथ अब बुटवलमा पनि

काठमाडौं – राइटपाथ करिअर काउन्सिलिङको नयाँ शाखा बुटवलमा खुलेको छ । पाँचौ शाखाको रुपमा बुटवलको मिलन चोकमा राइटपाथको नयाँ शाखा खुलेको हो ।
उक्त शाखाको उद्घाटन चर्चित नायिका तथा राइटपाथकी ब्राण्ड एम्वेसडर पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नायिका शर्मामा राइटपाथले गुणस्तरिय परामर्श दिइरहेको बताइन ।
सहि परामर्शका लागि राइटपाथ उत्कृष्ट कन्सल्टेन्सी भएको उनको भनाई थियो । कार्यक्रममा राइटपाथका सीइओ फिलिप डिसी, विभिन्न शाखाका प्रखुखहरुको सहभागीता रहेको थियो ।