कहिले हुन्छ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड ? यस्तो भन्छ कम्पनी

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ ।

आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् । क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ । कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ ।

बैंकले माघ २ बाट ६ गतेसम्म ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।