ग्रिनलाइफ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ग्रिनलाइफ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई गत माघ २ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले यस अघि नै आयोजना प्रभावितका लागि आइपीओ निष्काशन गरिसकेको छ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।