चन्द्रागिरि हिल्सको आइपिओे बाडँफाडँ, कतिलाई पर्यो सेयर ?

काठमाडौं– चन्द्रागिरि हिल्सको आइपिओमा आवेदन दिनेमध्ये १० लाख ७१ हजारको हात खाली भएको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने १२ लाख १६ हजार ९ सय ५३ मध्ये १० लाख ७१ हजार ५ सय १५ जनाको हात खाली भएको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको बाँडफाँडमा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । भाग्यमानी दुई आवेदकले भने ११ कित्ता सेयर पाएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपिओमा आवेदन दिनेमध्ये ५ हजार ८ सय ३८ वटा आवेदन अस्वीकृत भएका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।