पर्नुहोला है फन्दामा ! जापान पठाउँछु भन्ने सेन्ट्रल कलेजको ठगी धन्दामा

काठमाडौं – चितवनमा रहेको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले ठगी धन्दा गरेको पाइएको छ । जापान अध्ययनका लागि सस्तोमा विद्यार्थी पठाउने भन्दै सेन्ट्रल कलेजले ठगी धन्दा चलाएको हो ।
नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तरगत दर्ता भएर संचालनमा आएको सेन्ट्रल कलेजले नेपाल सरकारको नीति विपरित विद्यार्थीहरु प्रलोभनमा पार्दै ठगी गरेको हो । ‘मात्र दुई लाखमा जापान’ भनेर विज्ञापन गर्दै उक्त कन्सल्टेन्सी विद्यार्थीलाई भुक्याउँदै कार्यलय पुर्याउने र कार्यलयमा पुगेका विद्यार्थीलाई राम्रो कमाई हुने प्रलोभन देखाउने गरेको विद्यार्थीको भनाई छ ।
‘हामी विज्ञापन देखेर साँच्चै दुई लाखमा जापान जान पाइने भयो कि क्या हो ? भन्दै कन्सल्टेन्सीको अफिसमा गएका थियौं ।’ मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै एक विद्यार्थीले भने, ‘तर होइन रहेछ । विज्ञापनमा भएका कुराहरु हावा रहेछन् ।’
जापानीज भाषा कक्षामा भर्ना गराउनका लागि हुँदै नभएको विज्ञापन गरेको बताउँदै ती विद्यार्थीले भनेृ, ‘हामीलाई कन्सल्टेन्सीले ५ लाखसम्म खर्च हुने भनेको छ तर अझैं विश्वास लागेको छैन् । दुई लाख त कलेजलाई मात्र तिर्ने पर्ने रहेछ । दुई लाख सर्भिस चार्ज रे । ७५ हजार हवाई टिकट भन्दै ५ लाखको बजेट निकाल्नु भएको थियो ।’
जापानका कुनैपनि कलेज तथा विश्वविद्यालयहरुले ६ महिना भन्दा कम अवधिको विद्यार्थीलाई भर्ना गर्दैनन् । ६ महिनामा पनि ३ महिनाको होस्टेल चार्ज पनि तिर्न पर्ने हुन्छ । नेपाली विद्यार्थीहरुलाई जापान पठाइरहेको एक कन्सल्टेन्सी संचालकले २ लाखमा जापान पठाउँछु भन्नु दिउसै रातपारे सरह भएको बताए । ‘जापानमा काम गर्नका लागि भनेर गयो भने त्यो विद्यार्थीले आत्महत्या गर्यो भनेर बुझेहुन्छ । त्यहाँ खर्च बढी हुन्छ । कमाई थोरै । यो त मुसालाई पासो हाले सरह हो । कन्सल्टेन्सीको प्रलोभन देखाएर पासोमा पार्ने र फसाउने नियत हो ।’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘कलेजमा कम्तिमा पनि ६ महिनाको ट्युसन फि तिर्न पर्छ र ३ महिनाको होस्टेल फि पनि अनिवार्य जस्तै छ ।’
‘जापान सरकारले विद्यार्थीहरुका लागि हप्तामा २८ घण्टा काम गर्न अनुमती दिने गरेको छ । त्यो भन्दा धेरै काम गरे गैरकानुनी मानिन्छ ।’ एक अर्का जापानीज भाषा शिक्षक भने, ‘जापानका राम्रो काम पाए आफ्नो पेट पाल्न मात्र ठिक्क हुन्छ । कलेजको फि कसरी तिर्न सकिएला ?’
के छ निर्देशिकामा ?
‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३’ अनुसार नेपालका शैक्षिक कन्सल्टेन्सीहरु संचालित छन् । यसका साथै विभिन्न प्रदेशले आफू अनुकुलको निर्देशिका बनाएर परामर्श व्यवसायलाई व्यवस्थित बनाइएको छ । बागमती प्रदेशले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७५’ लागु गरेको छ ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ ले कुनै पनि शैक्षिक परामर्श व्यवसायीले भ्रामक, अनिश्चित, अपुष्ट र आधारहीन कुरा राखी प्रचार प्रसार, विज्ञापन गर्न बन्देज लगाएको छ । निर्देशिकाको दफा ७ को उपदफा ३ (क)मा यसरी विज्ञापन गर्न बन्देज लगाएको हो ।
त्यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय तयार पारेको निर्देशिका अनुसार पनि यसरी विज्ञापन गर्नु गैरकानुनी कार्य हो । ‘शैक्षिक परामश सेवा तथा भाषा क्षशिण सम्बन्धी निर्देशिका २०७५” को दफा ७ को उपदफा ३ (क) मा विज्ञापन गर्दा स्पष्ठ बुझिने गरी गर्न पर्छ । उक्त निर्देशिकाले विज्ञापन गर्दा अध्ययन गर्ने देश, त्यहाँको विश्वविद्यालय वा कलेजको नाम, लागत खर्च लगायत सबै कुरा खुलाउन अनिवार्य गरेको छ । तर सेन्ट्रल कलेजले कलेजको नाम गोप्य राखेको छ ।
त्यस्तै उसले गरेको विज्ञापनमा म्यानपावर कम्पनीले जसरी वर्किङ भिषाको कुुरा पनि गरेको छ । निर्देशिका अनुसार वर्किङ भिषाको प्रलोभन पार्नु शैक्षिक कन्सल्टेन्सीको महाअपराध हो । नेपाल शैक्षिक परामर्श संघका एक पदाधिकारीका अनुसार कन्सुल्टेन्सीले म्यानपावरको काम गरेर दलाली गर्नु भनेको परामर्श व्यवसायकै बदनाम गराउनु हो ।
यता जापानीज शिक्षकले जापानीज भाषा पढाउनु भनेको नेपालको कानुन ठाडै उल्लङ्घन गर्नु हो । कुनैपनि विदेशीले नेपालमा आएर भाषा शिक्षण गराउँदा मन्त्रालयबाट अनुमती लिन अनिवार्य छ । तर उक्त कन्सल्टेन्सीले नेपाल भ्रमणमा आएका विदेशीको फोटो राखेर व्यापार गर्नु ठूलो अपराध भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसरी निर्देशिका विपरित काम गरेको भए छानविन गरी कारवाही गरिने जनाएको छ ।
के भन्छ कन्सल्टेन्सी ?
उक्त कन्सल्टेन्सीका संचालक हुन वाईवी पौडेल । मोटिभेट न्यूज डटकमले उनलाई टेलिफोन मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्क भएर । सामाजिक संजालमार्फत सम्पर्कमा आएका पौडेलले तीन महिनाको कलेज फि दुई लाख भएको बताए । बाँकी रहेको फि कलेज पढ्दै कमाउँदै तिर्न सकिने उनको भनाई छ ।
उनका अनुसार नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीले तत्काल काम पाउने छन् र पढाई सहज हुनेछ । तर जापान उनले भनेअनुसार सजिलो छैन । नेपालबाट जापान गएका विद्यार्थीहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरेको छ । क्वारेन्टाइनमा बस्दै गर्दा नेपालबाट बोकेर लगेको पैसा सकिन्छ । त्यसपछि विद्यार्थीहरुलाई तनावका दिन सुरु हुन्छन् ।