लिवर्टी ईनर्जीको आइपीओ बिक्री खुल्ला, कहिलेसम्म छ आइपिओ भर्ने म्याद ?

काठमाडौं – लिवर्टी ईनर्जीको आइपिओ आजबाट खुलेको छ । लकडाउनका कारण स्थगित भएको आइपीओ साउन ७ गते अर्थत आजदेखि पुनः खुल्ला भएको हो ।
कम्पनीले गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। तर, कारोना भाइरसको जोखिमले गत चैत ११ गतेदेखि देश लकडाउन भएपश्चात उक्त आइपीओ बिक्री स्थगित भएको थियो।
कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँड गर्नेछ। त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गर्नेछ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । स्थानीयले अब उक्त शेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।