एक महिनामा खुले ३ लाख बढी डिम्याट खाता

काठमाडौं – एक महिनाको अवधिमा नेपालमा ३ लाख बढी डिम्याट खाता खुलेको पाईएको छ । २०७७ पुस ७ देखि माघ ६ गतेसम्मको अवधिमा ३ लाख ९ हजार ३ सय ६ वटा नयाँ डिम्याट खुलेको सिडीएससीले जनाएको छ ।
सिडीएससीले पुस ७ गते आफ्नो वार्षिकोत्सवको अवसरमा डिम्याट खाताको संख्या २३ लाख १ हजार ५ सय ५६ भएको जनाएको थियो । माघ ६ गतेसम्म सो संख्या बढेर २६ लाख १० हजार ८ सय ६२ पुगेको छ।
विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपिओमा आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको हो। बैंकको आईपिओ खुल्ने मिति नजिकिदै गर्दा र बैंकको आईपिओ खुलेको अवधिमा खाता खोल्नेको संख्या झन् उच्च थियो ।
बैंकको आईपिओमा १५ लाख बढी आवेदकले १८ अर्ब बढी रकमको आवेदन दिएका छन् ।