कुलमानको अभाव खट्किदै, प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका

काठमाडौं – जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ ।
सार्वजनिक तालिका अनुसार जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ ।