कहिले हुन्छ चन्द्रागिरी हिल्सको आईपीओ बाडफाँड ? यस्तो भन्छ कम्पनी

काठमाडौं – चन्द्रागिरी हिल्सको आईपीओ यही हप्ता बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी विहिबारसम्म कम्पनीको आईपीओ बाँडफाँड हुनेछ ।
पुस २४ गते देखि २८ गते सम्म सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा आजसम्मकै धेरै आवेदन परेको थियो । उक्त आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाले आवेदन दिएका थिए ।
कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओमा आवेदन दिनेमध्य ८८ प्रतिशत भन्दा बढि लगानीकर्ताहरुको हात खालि हुने भएको छ ।
कम्पनीको सेयर कम्तीमा १० कित्ता प्रतिव्यत्तिmलाई वितरण गर्दा उत्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्यबाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ ।