फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचादीं व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ४ सय रुपैँयाले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैँया र तेजावी सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चादिँको मूल्य पनि बढेर १ हजार २ सय ६० रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चादीँ तोलामा १ हजार २ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।