आजदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने, कारोबारबापत सेवाशुल्क कति ?

काठमाडौं – आजदेखि नै एउटा बैंकको एटीएम अर्को बैंकको एटीए मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि निःशुल्क गरेको उक्त सेवा प्रयोगबापत आजदेखि शुल्क लाग्ने भएको हो ।
आजबाट बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।