ज्योति विकास बैंकको साधारणसभा मिति तोकियो, कहाँ कहिले ?

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा गर्ने भएको छ । पौष १९ गते बसेको संचालक समितिको बैठकले गरेले गरेको निर्णयानुसार साधारण सभा माघ १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा गर्ने भएको हो ।
सभा बिहान १० बजेबाट सुरु हुने बैंकले जनाएको छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल काय चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिनेछ ।
त्यस्तै, सभामा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा,नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने बताइएको छ ।