फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं –नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचादीं व्यवसायी महासंघका अनुुसार आज सुन तोलामा ८ सयले घटेको हो ।

छापावाला सुन आज प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।