तारागाउँ रिजेन्सी होटलको लाभांश प्रस्ताव

काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बिहिबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।

होटलले हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।