कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं – शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको हो ।

बिहिबार तोलामा ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैंयामा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मुल्य स्थिर रहेको छ । बिहिबार तोलामा १३ सय ३० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।