माछापुछ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता

काठमाडौं – माछापुछ्रे बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच व्यवसायीक सम्भौता भएको छ । अब माछापुछ्रे बैंकका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल गाडीहरु खरिद गर्दा सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा सिप्रदीको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुछ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आप् शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमिकर्मसियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रेबैंक पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंककिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।