गणपति लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। सञ्चालक समितिको पुस २२ गते बुधबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।
गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने १ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत अर्थात ८ लाख ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।