हवात्तै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १३ सय रुपैंयाले घटेको छ ।

बिहिबार छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैँया र तेजावी सुन प्रतितोला ९६ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै बिहिबार चाँदी पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १ हजार ३ सय ३० रुपैँयामा कारोबार भइरहेको छ ।