लाभांश प्रस्ताव गरेको दोस्रो दिन पनि शिखर इन्स्येरेन्सको अत्याधीक कारोबार

काठमाडौं – नेप्सेमा आज पनि शिखर इन्स्येरेन्सको अत्याधीक कारोबार भइरहेको छ ।
कम्पनीले हिजो गत आवको मुनाफाबाट इन्स्येरेन्सले ३८.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.९ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
आकर्षक लाभांश पाउने भएपछि शिखर इन्स्येरेन्सको शेयर किन्नेको चाप बढेको हो ।
हिजो मात्र इन्स्योरेन्सको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारको २ घण्टा सम्म आइपुग्दा कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, कम्पनीको शेयर मूल्य भने १.(८५ प्रतिशतले घटेर १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।