बुधबार पहिलो घण्टामा नेप्से परिसूचक १७.७६ अंकले उकालो लाग्यो

काठमाडौं – बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव ७६ अंकले उकालो लागेको छ । यस अवधिमा २ हजार १७० दशमलव ८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार १८३ दशमलव २६ विन्दुमा पुगेको छ ।

बुधबार पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । कारोबारको पहिलो घण्टामा स्वाभिमान लघुवित्त र नारायणी विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ र ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको कारोबारमा १९ लाख १३ हजार ४८३ कित्ता शेयरको रू ९२ करोड ३५ लाख ७१ हजार बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ६ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार २९९ मा कारोबार भइरहेको छ ।