आज हावात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य हुवात्तै बढेको छ । सुनको मुल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । मङ्गलवार बजारमा छापावाल सुनको मुल्य ९६ हजार ४ सय र तेजावी सुनको मुल्य ९५ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो तर आज छापावाला र तेजाबी दुबै सुनमा रु ११ सय रुपैयाँ बढेको महासंघले जनाएको हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १३ सय ३५ रुपौयाँ रहेको महासंघले जनाएको छ ।