एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनस दर, केमा कत्ति ?

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी० नेपालले नयाँ बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा बीमा योजना अनुसार ६६ देखि ८८ रूपैयाँ सम्म बोनस दर दिने भएको हो ।
इन्स्योरेन्सले जीवन आस्था योजना ५ वर्षे अवधिमा ८५ रुपैयाँ नयाँ बोनस दर निर्धारण गरेको छ । त्यस्तै ३ वर्षे अवधिकोमा ८० रुपैयाँ बोनस दर तोकेको छ । सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ ।
भने धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल )बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।
यस्तै आजीवन बीमा लेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस दिने भएको छ ।