एनएमबि बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्ने

काठमाडौं – एनएमबि बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्ने भएको छ। बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो जसमा ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्नेछ।
बैंकको ऋणपत्रमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।