नेशनल माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २७ प्रतिशत लाभांश, नगद र बोनस कति ?

काठमाडौं –नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
माइक्रोफाइनान्सको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र कर सहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।