फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिणामको तेजावी सुनलाई प्रतितोला ९४ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
त्यस्तै , चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।