आइपीओ जारी गर्न लागेको चन्द्रागिरी हिल्सको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं –भख्ररै मात्र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ ।

कम्पनीले पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो ।

अब दोस्रो चरणमा कम्पनीले यही पूस २४ गतेबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने छ ।

कम्पनीले जारी गर्न लागेको आइपीओ हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको हो ।

आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आगामी २ आर्थिक वर्षमा नेटवर्थ १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण गरको छ ।

यस अघि कम्पनीको नेटवर्थ ०७३्०७४ मा ९४.५२ ०७४र७५मा ९६.६३ ७५र७६ मा ९६.६९ र ७६र७७ मा ८४.८८ रहेको छ ।

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७७र७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८र७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९र८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ ।

चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९र८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।