राष्ट्र बैंकले सोमबार पाँच अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं – सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब १० करोड रुपैयाँकोको ट्रेजरी बिल जारी गर्ने भएको छ ।सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
जारी मिती यही पुस २१ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १० करोड रुपैयाँको रहेको छ । सो मध्ये सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ २० गते रहेको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत २४ गते रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि यही पुस १३ गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।