कति आयो अपि पावरको लिलामी शेयरको कट अफ प्राइस

काठमाडौँ – अपि पावर कम्पनी लिमिटेडले पौष ६ गते, सोमबारबाट पुस १३ गते, सोमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरू आज ९पौष १९ गते, आइतबार० खोलिएको छ ।
उक्त बोलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा खोलिएको हो । उक्त शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।
प्रारम्भिक विवरण अनुसार लिलामी शेयरमा २०२ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ । तर अन्तिम तथ्यांक भने आइसकेको छैन । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्नेछ ।
कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।