नयाँ वर्षसंगै नेप्सेमा उछाल : ५३.६७ अंकको वृद्धि

काठमाडौं – आइतबारमा नेपाल स्टक एक्सेन्ज(नेप्से) मा नयाँ उछाल आएको छ । कारोबारको सुरुवात देखि बढ्दै आएको नेप्से परिसुचक क्रमिक रुपमा उकालो लागिरहेको छ ।
दुई घण्टाको अवधिमा नेप्सेमा ५३.६७ अंकको वृद्धि भएको छ । परिसुचक २.५८ प्रतिशतले बढेसंगै २१४१.०२ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमा पनि आइतबार हरियाली छाएको छ ।
एक बजेसम्म कारोबारमा आएका २०२ कम्पनिको ६१ लाख ५६ हजार २२८ कित्ता शेयर २३ हजार ६९६ पटक खरिद बिक्री हुदाँ २ अर्ब ९० करोड ३६ लाख बराबरको कारोबार भएको छ ।