एनआरएन लघुवित्तको नाम र कारोबार सिम्बल परिवर्तन

काठमाडौं –एनआरएन लघुवित्तको नाम परिवर्तन भएको छ । कम्पनीको नाम एनआरएन लघुवित्तबाट परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था कायम भएको हो ।

नाम परिवर्तन संगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको लागि प्रयोग हुने सिम्बल पनि परिवर्तन भएको छ । अब सो कम्पनीको साधारण शेयरको कारोबार र संस्थापक शेयरको कारोबार सिम्बलबाट हुने छ ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १ः१ः१ को स्वाप अनुपातमा मर्ज भएका थिए। मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको थियो । तर अब एनआरएन लघुवित्तबाट नाम परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था कायम भएको हो ।