आजदेखि प्रभु लाइफ इन्स्योरेन्सको कारोबार हुने, ओपन रेञ्ज कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार)देखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सरु हुने भएको छ । कम्पनीले पौष १७ गते, शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएको हो ।

शुक्रबार कम्पनीको २ करोड कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका PLI संकेत प्रदान गरिएको छ ।