आईसीएफसी फाइनान्सको मूल्य समायोजन

काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आईसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १०.५० प्रतिशत बोनस शेयर समायोजन गरि प्रतिकित्ता शेयरमूल्य २६२ रुपैयाँ तोकेको छ। फाइनान्सले गत साताको अन्तिम कारोबार मूल्य अर्थात २९० रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, टंगालमा बिहान ११ बजे सत्रौँ वार्षिक साधारण सभा डाकेको छ।

आइतबार समायोजित मूल्यकै आधारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।