नविल बैंकको एटीएम पिन बिर्सिनुभयो, यसरी गर्नुहोस् रिसेट

काठमाडौं – नविल बैंकका प्रयोगकर्ताले अब एटीएम कार्डको पिन नम्बर बिर्सिँदा आफै परिवर्तन गर्न सक्ने भएका छन् । बैंकले एटिएम बुथबाटै पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा ल्याएको हो ।
यसअघि बैंकका ग्राहकले पासवर्ड बिर्सिँदा बैंकमै सम्पर्क राख्नुपर्ने बाध्यता रहेको थियो । मोबाइल नम्बरका आधारमा पिन नम्बर रिसेट गर्न सकिने भएपछि बैंकका ग्राहकले बिर्सिँदा समेत चिन्तित हुनुपर्ने छैन । तर यसका लागि बैंककै एटीएम मसिन प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ
कसरी गर्ने रिसेट
- यसका लागि नविल बैंकको नजिकैको एटीएम बुथमा जानुहोस् र आफ्नो कार्ड राख्नुहोस् ९इन्सर्ट गर्नुहोस्० ।
- अब त्यसमा रहेको ‘जेनेरेट ओटीपी फर पिन’ नामक विकल्प रोज्नुहोस् र आफ्नो कार्ड एटीएम मसिनबाट झिक्नुहोस् ।
- यससँगै अब तपाईंको दर्ता भएको मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ ।
- अब पुनः आफ्नो एटीएम कार्ड मसिनमा राख्नुहोस् र भाषा छनौंट गर्नुहोस् ।
- ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ लेखिएको विकल्प रोज्नुहोस् ।
- यति गरिसकेपछि आफ्नो मोबाइलमा आएको ६ अंकको ओटीपी कोड राख्नुहोस् ।
- अब आफूले चाहेको नयाँ पिन नम्बर राख्नुहोस् र कन्फर्म गर्नुहोस् ।
- यति भएसँगै तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन हुनेछ ।