आयो गजबको आईपीओ, भर्योकि पर्यो

काठमाडौं – नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ पुष २६ गतेबाट निष्काशन हुुुुने भएको छ । धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकबाट आईपीओ निष्काशनको अनुमति दिइसकेकाले पुष २६ गतेबाट आवेदन खोल्ने तयारी भएको बैंकले जनाएको छ ।
बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहका अनुसार अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिन बाँकी छ । कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिएपछि सर्बसाधारणमा आईपीओ निष्काशन गरिने उनले बताए ।
कम्पनीले कुल आईपीओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति आउना साथ सामुहिक लगानी कोषलाई शेयर बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, कर्मचारीलाई ०.०२ प्रतिशत शेयर छुट्याईएको छ भने बाँकी रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ । अन्य कुरा यथावत रहेमा पुस १९ गते आह्वानपत्र प्रकशित गर्ने र पुस २६ गतेदेखि आईपिओ बिक्रि खुला गर्ने गरि तयारी गरिरहेको सिंहको भनाई छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपीओ निष्काशनको अनुमति दिएको थियो । अब बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने छ। हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपीओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठूलो आईपिओ हो ।
आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।