‘के बाच्नु र चोटै चोट सहि’ बोलको गीतमा रेबन्ताको बेजोड प्रस्तुती (भिडियो सहित )

काठमाडौं – सन्ध्या बुढा (काउली बुढी) र मन्जीत पहाडी को आवाजमा रहेको मर्मस्पर्शी गीत सर्वाजनिक भएको छ । सोमबार विहान युट्यव मार्फत सार्वजनिक भएको ‘के बाच्नु र चोटै चोट सहि’ बोलको गीतमा रेबन्ता बुढाथोकी, सरन पंगेनी र सुमन अधिकारीले अभिनय गरेका छन् ।

आरसी न्यौपानेको शव्द रहेको यो गीतमा काउली बुढी र मन्जीत पहाडीको आवाज रहेको छ । गीतमा अर्जुन रसाईँलीको संगीत रहेको छ भने यो गीतलाई मेशना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

मेशना डिजिटलले बजारमा ल्याएको यो गीतको भिडियो निर्देशन रोशन परियारले गरेका छन् । गीतमा रेबन्ता बुढाथोकी र सरन पंगेनीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।