सेयर बजारमा नयाँ रेकर्ड, किन बढ्यो एक्कासी बजार ? यस्तो छ बढ्नुको रहस्य

काठमाडौँ – मंगलबार सेयर बजारमा नयाँ रकर्ड कायम गर्दै उकालो लागेको छ । २५.९८ अंकले बढेको बजारमा ४ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार रेयर कारोबार मापक नेप्से परिसूचक २५.९८ अंकले बढेर एक हजार ६ सय ७८.७९ मा पुगेको छ । नेप्से १.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ३३०.३९ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर मात्र घटेको छ ।

सेयर बढ्नुमा धेरै कुराहरुको हात हुन्छ तर मंगलबारको बजार बढ्नुको विशेष कारण छ । ब्रोकरहरुको जालझेल र षड्यन्त्रले गर्दा दिक्क भएका लगानीकर्ताहरुलाई ब्रोकरको कमिसन घट्ने भन्ने खवरले उत्साहित बनाएको हो । तिहारपछि ब्रोकरले लिने कमिसन घटेर ०.२५ प्रतिशतमा झर्ने भएपछि लगानीकर्ताले उत्साहित भएर लगानी गरेका हुन् ।

सोही लगानीका कारण आज बजारमा उछाल आएको हो । यो उछाल अझैं केही दिन रहने सेयर बजारका जानकारहरुको भनाई छ ।