ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ४ सय रुपैँया घटेको छ ।

छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैँया र तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चांदीको मूल्य पनि घटेको छ । चांदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय ८५ रुपैँयामा कारोबार भएको थियो ।