फेरी बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंका अनुसार सोमबार सुन तोलामा ५ सय रुपैँयाले बढेको छ । पछिल्लो समय सुनचाँदीको मुल्य निरन्तर बढेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ७०० कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२८५ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएको थियो ।