एनएलजीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं –एनएलजी इन्स्योरेन्स कम्पनीको बोनश सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । आर्थिक बर्ष २०७५÷७६ को नाफाबाट दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आसन्न साधारणसभा प्रयोजनका लागि कम्पनीले कार्तिक २५ गते (भोलि) बुक क्लोज गर्दैछ, त्यो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ५ गते १४ औं बार्षिक साधारण सभा गर्दैछ ।
कम्पनीको पानीपोखरी, काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि भर्चुअल रुपमा उक्त सभा हुने छ ।
कम्पनीले आव २०७५÷७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले त्यो प्रस्ताव पारित गरेपछि शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।