जहाँ ४५ रुपैयाँमा १ क्विन्टल चामल पाइन्छ !

काठमाडौं – सुनसरीको एक चामल उद्योगले ४५ रुपैयाँमा एक क्विन्टल चामल उपलव्ध गराउन दावि गरेको छ । साध्य संस्थाना आह्वान गरेको टेण्डरमा विदेदन हाल्दै सुनसरीको गिरीधारी फुड इण्ड्रस्टिजले ४५ रुपैयाँमा नै एक क्वीन्टल चामल उपलब्ध गराईदिने भन्दै आवेदन दिएको हो ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँसहित तराइका ६ जिल्लामा चामल खरिदको लागि आह्वान गरेको सार्वजनिक बोलपत्र (टेन्डर) मा उद्योगका मालिक काँशिप्रसाद अग्रवालले निवेदन दिएका हुन् ।
कम्पनीले एक लाख क्वीन्टल चामल खरिदका लागि चौधौँ पटक आह्वान गरेको टेन्डरमा सुनसरीका ती व्यापारीसगैँ अन्य ६ स्थानका लागि कम्पनी छनौट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ७ स्थानमा छनौट भएका खरिदकर्तालाई १५ दिनभित्र सम्झौता गर्न आउन आग्रह गरेको छ ।
उक्त सुचनाको पहिलो नम्बरमा कम्पनीको प्रादेशिक कार्यालय विराटनगरका लागि ५ हजार क्वीन्टल सोना मंसुली चामल खरिद गर्न सुनसरीका व्यापारी अग्रवालको नाम छ । उनले कम्पनीलाई प्रतिक्वीन्टल ४५ रुपैयाँ ३९ पैसा रहने गरी टेन्डर दर्ता गरेका थिए ।