बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुन चांदीको मूल्य बढ्ेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ हजार रुपैंयाले बढेको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैंया र तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार २ सय रुपैंया र तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैंयामा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चांदी प्रतितोला १ हजार २ सय ५५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय १० रुपैंयामा खरिद बिकी्र भएको थियो ।