बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौ – नेपाली बजारमा मंगलवार सुनको मूल्य बढ््को छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तेजावी सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।