एनआइसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने, कति छ बोनस ?

काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । संचालक समितिको ४६० औं बैठकले मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले गत आ.व. २०७६/७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो ।